चर्च ब्वाइजलाई हराउँदै केपी ओली कपमा आयोजकको विजयी सुरुवात

केपी ओली कप फुटबल च्याम्पियनसिपको दोस्रो संस्करणमा आयोजकले विजयी सुरुवात गरेको छ।

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको उदघाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३-० ले पराजित गरेको हो। केपी ओली एफसीका लागि जय गुरुङले २ र फोडे फोफानाले १ गोल गरे।

खेलको ५८ औं मिनेटमा रोहन कार्कीको पासमा फोडे फोफानाले वान बाई वानमा गोल गर्दै केपी ओली एफसीलाई अग्रता दिलाएका हुन् । पहिलो गोलको १० मिनेट पश्चात फोडेकै पासमा जय गुरुङले गोल गरे।

खेलको ७९ औं मिनेटमा चन्दन दासको कर्नरमा पुन जय गुरुङले हेडर मार्फत व्याक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै सहज जित पक्का गरे।

शहीद स्मारक लिग विजेता चर्च ब्वाइज युनाइटेडले भने मौका बनाए पनि सफल हुन सकेन।

प्रतियोगितामा १० टिम सहभागी छन्। दोस्रो खेलमा आइतबार न्युरोड टिम (एनआरटी) र थ्रीस्टार क्लब भिड्नेछन्।

फाइनल खेल फागुन १९ गते दशरथ रंगशालामा हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *