साम्बाले ५ गोल गर्दा इराकमाथी नेपालको शानदार जित

सावित्रा भण्डारी साम्बा चम्किँदा नेपालले वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा शानदार जित निकालेको छ।

बिहीबार बेलुका भएको खेलमा साम्बा एक्लैले ५ गोल गरेपछि समूह चरणको दोस्रो खेलमा नेपालले इराकमाथि ५-० को फराकिलो जित निकालेको हो।

इराकविरुद्ध नेपालकी फरवार्ड सावित्राले उत्कृष्ट प्रर्दशन गरिन् । उनले नेपालको जितमा ५ गोल गरिन्। पहिलो हाफमा ४ गोल गरेकी साम्बाले थप एक गोल दोस्रो हाफमा गरिन्।

जित सहित नेपाल सेमिफाइनल प्रवेशको नजिक छ। समूह बीमा रहेको नेपालले ६ अंकसहित शीर्षस्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *