प्रचण्डलाई रविको चेतावनी– किसानले सरकार ढाल्न सक्छन्, होसियार रहनु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशभरका दुध किसान र मह किसानहरू मारमा पर्दा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको बताए ।

उनले किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरूले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्ने चेतावनी दिए ।

उनले भूमिहिन सुकुम्वासीहरूलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको बताए ।

चुनावी फण्डा नभइ सुकुम्वासी आयोग र भूमि आयोगले विशेष ध्यान दिइ समस्या समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘मेरो निर्वाचन क्षेत्र र देशभरका दुध किसान र मह किसानहरू मारमा परेका छन् । अर्कोतिर पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरूले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्दछन् । होशियार रहनुहोला । भूमिहिन सुकुम्वासीहरूलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको छ, यसलाई चुनावी फण्डा होइन, सुकुम्वासी आयोगले, भूमि आयोगले विशेष गरी विशेष ध्यान दिओस् । यसलाई खेलाँची रूपमा नलिओस् । भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको छ र भरतपुर ३ को नगर वनको विकल्प यथाशिघ्र खोजियोस् ।’

उनले भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *