संसदमा उठेका विषय सम्बोधन गर्न सरकारलाई सभामुखको रुलिङ
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० फागुन १० गते
![संसदमा उठेका विषय सम्बोधन गर्न सरकारलाई सभामुखको रुलिङ](https://www.makalukhabar.com/wp-content/uploads/2024/02/devraj-mk.png)
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकमा प्रतिपक्षी दलहरू नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले समसामयिक र सुशासनका क्षेत्रमा प्रश्न उठाउँदै ती विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुख घिमिरेले ध्यानाकर्षण गराएका हुन् ।
गत फागुन ६ गतेको बैठकमा पनि आफूले उठेका विषयमा गम्भीरतापूर्वक सम्बोधन गर्न भनेको स्मरण गराए ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित