प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले गर्‍यो सदनमा विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधि सभाका बैठकमा विरोध जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायत सार्वजनिक प्रश्न उठेका मन्त्रीहरूलाई हटाउन माग गर्दै आजको प्रतिनिधि सभाका बैठकमा विरोध जनाएको हो ।

अघिल्लो बैठकमा सरकारको ध्यानाकर्षण गराएको एमालेले आज विरोध जनाएको हो । ‘सार्वजनिक प्रश्न उठेका मन्त्रीहरू पदमा बसिरहनु नैतिक, शोभनीय कुरा होइन,’ सचेतक महेश बर्तौलाले भने, ‘मन्त्री झन्डा हल्लाउँदै अख्तियारमा बयान दिँन जाने अनि पदमा बसिरहने कुरा मान्य हुँदैन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *