काँग्रेस महासमिति बैठक : बिहीवार २ बजेपछि समापन समारोह

काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठकको तेस्रो दिन नेताहरूले राखेका पाँच वटा प्रतिवेदनमाथि समूहगत छलफल भएको छ ।

बुधवार नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले पत्रकार सम्मेलनमा मंगलवार प्रस्तुत भएका प्रतिवेदनमाथि महासमिति सदस्यहरूले समूह बनाएर छलफल गरेको बताए ।

उनले महासमिति बैठकमा महासमिति सदस्यहरूले उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठानिक प्रस्ताव, डा. प्रकाशशरण महतको वर्तमान अर्थतन्त्र भावी सम्भावना कार्यदिशा प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदनका विषयमा समूहगत छलफल भएको बताए ।

उनले देशभरबाट आएका महासमिति सदस्यहरूले प्रतिवेदनमा आफ्नो विचार राखेको जानकारी दिए । उनले गोदावरी हलमा ११० जना,विशंखुनारायण हलमा ९५ जना र अर्को हलमा ९० जना सदस्यहरूले सुझाव दिएको बताए ।

उनले महासमिति सदस्यहरूले नेपाली काँग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने,पार्टीको विधान पालना गर्नुपर्ने,प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतरालाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने,पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने,भ्रातृ तथा शुभेछुक संस्थाहरूलाई पूर्णता दिनुपर्ने धारणा राखेको बताए ।

उनले सामाजिक न्यायका लागि नेपाली काँग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने,आधुनिक कृषि प्रणालीसँग जोड्नुपर्ने,पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताएको पनि विश्वकर्माले बताए । प्रमुख विश्वकर्माकाअनुसार महासमिति सदस्यहरूले आर्थिक स्रोतको सदुपयोग गर्ने विदेशी सहयोग भित्र्याउनुपर्ने,युवा पलायनलाई रोक्न रोजगारी सिर्जना गर्नुपर्ने,उद्योग कलकारखाना स्थापनामा जोड दिनुपर्ने आवज उठेको पनि बताए ।

उनले भने, ‘नेपाली काँग्रेसको महासमिति बैठकको तेस्रो दिनमा छौँ । नेपाली काँग्रेसको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति,महामन्त्री गगन थापाको सांगठानिक प्रस्ताव,डा। प्रकाशशरण महतको वर्तमान अर्थतन्त्र भावी सम्भावना कार्यदिशा प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदनका विषयमा समूहगत छलफल भइरहेको छ । छलफलमा देशभरबाट आएका महासमिति सदस्यहरूले प्रतिवेदनमा आफ्नो विचार राख्नुभएको छ । महासमितिमा पेश भएका पाँच वटै प्रतिवेदनमा सदस्यहरूले केही सुझाव पेश गर्नुभएको छ । छलफलमा गोदावरी हलबाट ११० जना,विशंकु नारायण हलमा ९५ जना र अर्को हलमा ९० जना सदस्यहरूले सुझाव दिनुभएको छ । सदस्यहरूले नेपाली काँग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने,पार्टीको विधान पालना गर्नुपर्ने,प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने,गणतन्त्रमाथि देखिएका खतरालाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने,पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने,भातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिनुपर्ने विषयमा धारणा राखे ।

उनले भने, सामाजिक न्यायका लागि नेपाली काँग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने,आधुनिक कृषि प्रणालीसँग जोड्नुपर्ने,पूर्वाधार निर्माणमा जोड,आर्थिक स्रोतको सदुपयोग गर्ने विदेशी सहयोग भित्र्याउनुपर्ने,युवा पलायनलाई रोक्न रोजगारी सिर्जना गर्नुपर्ने,उद्योग कलकारखाना स्थापनामा जोड दिनुपर्ने,सरकार र पार्टीबीचको समन्वय बढाउनु पर्ने,जलवायु परिवर्तनको विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने,क्रियाशील सदस्यलाई पारदर्शी बनाउनु पर्ने लगायतका विषयमा जोड दिनुभएको छ । बुधवार बन्दसत्रमा धारणा राख्न नपाएका महासमिति सदस्यहरूले बिहिबार धारणा राख्नु हुनेछ । बिहीवार बिहान ८ः३० बजे देखि सबै महासमिति सदस्यहरू एउटै हलमा रहनु हुनेछ । सातै प्रदेशमा सभापतिहरुले समूहबाट निस्केको निष्कर्श राख्नु हुनेछ । दिउँसो साढे २ बजेदेखि महासमिति बैठकको समापन समारोह हुनेछ ।’

उनले सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्ने, जलवायु परिवर्तनको विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, क्रियाशील सदस्यलाई पारदर्शी बनाउनुपर्ने लगायतका विषयमा जोड दिएको बताए । बिहीवार दिउँसो २ बजेदेखि समापन समारोह हुने पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *