अनेरास्ववियुले जलायो मन्त्री ज्वालाको पुत्ला (तस्बिरहरु)

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको पुत्ला जलाएको छ ।

अनेरास्ववियुले त्रिचन्द्र कलेजमा पुत्ला जलाउँदै मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेको हो ।

अनेरास्ववियुले ‘बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर’‘हत्यारा मन्त्रीलाई बर्खास्त गर’‘गठबन्धन सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन समेत गरेको छ ।

ललितपुरको बालकुमारीमा गत पुस १३ गते भएको हत्याकाण्डमा सरकारका मन्त्री ज्वाला नै दोषी रहेको छानबिन आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

आयोगले प्रतिवेदन बुझाएपछि मन्त्री ज्वालालाई बर्खास्त वा राजीनामा दिन दबाब बढिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *