राजा ल्याउने घोषणा गर्दै राप्रपाको आन्दोलन सुरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थाविरुद्धको आन्दोलनका कार्यक्रम सुरु गरेको छ ।

बुधवारबाट राप्रपाले काठमाडौँसहित देशभर व्यवस्थाबिरोधी आन्दोलन सुरु गरेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा भेला भई उनीहरुले प्रदर्शन गरेका हुन् । राजसंस्था पुनः स्थापनाको लागि भन्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको नेतृत्वमा जनप्रदर्शन अघि बढाइएको हो ।

भृकुटीमण्डपबाट ¥याली निस्केर नगर परिक्रमासहित भृकुटीमण्डपमै आमसभा भएको हो । राप्रपाले आज सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई मागपत्र प्रस्तुत गरेका छन् । राप्रपाको मागपत्रमा राजसंस्था पुनः स्थापन, प्रदेश खारेजी, हिन्दुराज्य पुनः स्थापना लगायतका राजनीति माग तथा जनजीविकाका विषयहरू समेटिएका छन् ।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने राप्रपाले बताउँदै आएको छ । राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ४० बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । मागमा अभिभावकी संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र रहेका छन् ।

साथै धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौती गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने र बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *