महासमिति बैठक

काँग्रेस महासमिति बैठक : चार समूह बनाएर छलफल सुरु

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठकमा चार वटा समूह बनाएर छलफल सुरु भएको छ ।

बैठकको तेस्रो दिन आज चार समूहमा विभाजन गरी पाँच वटा प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।

काँग्रेसका महासमिति प्रतिनिधिले प्रतिवेदनमाथि बोल्न ५ मिनेटको समय पाउने भएका छन् । सोमवारबाट ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा मङ्गलवार पेस भएका प्रतिवेदनमाथि छलफल भइरहेको हो ।

छलफलका लागि २ हजार २ सय बढी प्रतिनिधिलाई चार समूहमा विभाजन गरिएको हो । बुधवार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रमशः साङ्गठनिक र समसामयिक, राजनीतिक प्रतिवेदन र काँग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *