वाफ महिला च्याम्पियनसिप : नेपालले सिरियालाई ४–१ ले जित्यो

वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सिरिया माथि सानदार जित दर्ता गरेको छ।

साउदी अरेबियाको राजधानी रियादमा नेपालले सिरियालाई ४–१ ले पराजित गरेको हो। नेपालले पहिलो हाफमा ३–० को अग्रता लिएको खेलको दोस्रो हाफमा दुवै टोलीले एक एक गोल गरेका थिए।

नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले पहिलो हाफमा एक एक गोल गरे। रेखा पौडेलले दोस्रो हाफमा एक गोल थपिन्।

खेलको सुरुवातदेखि नै नेपाल खेलमा हावी भएको थियो ।

नेपाल आमन्त्रित टोली हो । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् ।

नेपालले दोस्रो खेलमा फागुन १० गते इराकसँग र फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *