सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल समापन

आयोजक एपीएफलाई हराउँदै पुलिस स्कुल साँगाले जित्यो ट्रफी

काठमाडौं । प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुल साँगा हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा आयोजक कीर्तिपुरको नेपाल एपीएफ स्कुल (क)लाई हराउँदै  पुलिस स्कुल साँगाले उपाधि जितेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको फाइनल खेलमा आयोजक कीर्तिपुर (क) र पुलिस स्कुल साँगाको खेल बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा गएको थियाे । ३०३० मिनेट गरी ६० मिनेटको समय अवधिमा खेलाइएको उक्त फाइनल खेलमा निर्धारित समयसम्म दुवै टिमबाट गोल हुन नसके पश्चात् ट्राईबेकरमा ६५ गोल अन्तरले नेपाल पुलिस स्कुल साँगा विजयी भयो ।

विजेता पुलिस स्कुल साँगाले ३० हजार नगद ट्रफी, विनर ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता नेपाल एपीएफ स्कुल कीर्तिपुर (क)ले २० हजार नगद, उपविजेता ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। विजयी खेलाडी तथा विद्यालयहरूलाई प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन् । प्रतियोगिता माघ २२ गतेबाट सुरु भएर फागुन ८ गतेसम्म सञ्चालन भएको हो ।

कार्यक्रमको अवसरमा विद्यालयका विद्यार्थीहरुले मार्चपास, कराँते र तेक्वान्दोको कला प्रदर्शन, मास पिटी तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । आज भएको खेलमा नेपाल पुलिस स्कुल साँगाका खेलाडी दिप्सन परियार ‘म्यान अफ दी म्याच’ र प्रतियोगिता अवधिभरकै सर्वोत्कृष्ट गोलकिपर समेत बन्न सफल भएका छन् भने विधागत रूपमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी नेपाल एपीएफ स्कुल कीर्तिपुरका टेन्जिङ्ग शेर्पा, सर्वाधिक गोलकर्ता सैनिक आवासीय महाविद्यालयका डिग विजय शाही, अनुशासित टिम सैनिक आवासीय महाविद्यालय सल्लाघारी बन्न सफल भए ।

कार्यक्रममा प्रमुख अतिथिबाट निर्देशन सम्बोधन, विद्यालयका प्राचार्य युवराज पराजुलीले स्वागत मन्तव्य, विद्यालय समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाईँले खेल प्रतिवेदन प्रस्तुत गर्नुका साथै मानवश्रोत विभाग प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमज्यूद्धारा प्रमुख अतिथि, विशेष अतिथि तथा उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वारा प्रमुख अतिथिलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *