कांग्रेस महासमिति बैठक ललितपुरमा सुरू

काठमाडौं । नेपाली कांग्रेसको महासमति बैठक सुरू भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक सुरू भएको हो ।

सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन् ।

यी प्रस्तावहरूमाथि चार वटा समूह बनाएर छलफल गरिने, जसमा हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी समूह बनाइने विश्वकर्माले जानकारी दिए । महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधिसभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार ७८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुदै छन् । महासमिति बैठकले पार्टीको विधान र आगामी बाटो तय गर्ने हुनाले पार्टीको कार्यदिशाका लागि महत्वपूर्ण मानिन्छ ।

महासमिति बैठकमा सहभागी हुने प्रत्येकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । महासमिति बैठकमा करिब दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ । त्यसैले पार्टीका व्यावसायिक व्यक्तिहरूबाट चन्दा संकलन पनि गरिएको कांग्रेसले जनाएको छ ।

महासमिति बैठकमा सहभागी हुनेले आवासको व्यवस्था आफैँले गर्नुपर्ने छ । उद्घाटन र समापन हुने दिनको नास्ता र खानाको व्यवस्था पनि सहभागी आफैँले गर्नुपर्ने छ । अन्य दिनमा भने बिहानको नास्ता र खाना पार्टीले खुवाउने छ । महासमिति बैठकस्थलबाट आवाससम्म पुग्नका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ ।

महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *