एम्बाप्पेको गोलमा पिएसजी विजयी

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले नान्तेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले नान्तेजलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा लुकास हर्नानडेज र किलीयन एम्बाप्पेले एक एक गोल गरेका थिए । पिएसजी छोडेर रियल म्याड्रिड जाने तयारीमा रहेका एम्बाप्पे यस खेलमा सब्सटिच्युटको रुपमा खेलको ६२औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

यो जितपछि पिएसजीको २२ खेलमा ५३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी नान्तेजको भने २२ खेलमा २२ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *