बार्सिलोनाको जितमा लेवानडोस्कीले गरे दुई गोल

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । उनले खेलको ९७औं मिनेटमा निर्णायक पेनाल्टी गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण तीन अंक दिलाएका थिए । त्यसैगरी सेल्टा भिगोका लागि एक गोल लागो आसपासले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको २५ खेलमा ५४ अंक भयेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको २५ खेलमा २० अंक रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *