सिटी रोकिँदा लिभरपुल र आर्सनललाई फाइदा

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा चेल्सीले रहिम स्टरलिङको गोलमा खेलको ४२औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि म्यानचेस्टर सिटीका लागि खेलको ८३औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई हारबाट बचाएका थिए । यो बराबरीपछि म्यानचेस्टर सिटीको २४ खेलमा ५३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

यो बराबरीपछि प्रिमियर लिगको समीकरणमा लिभरपुल र आर्सनललाई फाइदा भएको छ । गएराती नै सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४-१ ले र आर्सनलले बर्न्लीलाई ५-० ले पराजित गरेका थिए ।

सिटीको २४ खेलमा ५३ अंक भएको छ भने एक खेल बढी खेलेको लिभरपुलको २५ खेलमा ५७ अंक रहेको छ । त्यस्तै २५ खेलमा ५५ अंक रहेको आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ । सिटीसँग बराबरीमा रोकिएको चेल्सीको भने २५ खेलमा ३५ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

अर्काे खेलमा टोटेनहम वल्भस विरुद्ध २-१ ले पराजित भएको छ । वल्भसका लागि जोआओ गोमेसले दुई गोल गरे । टोटेनहमका लागि डूजान कुलुसेभ्सकिले एक गोल गरेका थिए । हारपछि टोटेनहम २५ खेलमा ४७ अंक सहित पाँच स्थानमा यथावत छ । वल्भस भने २५ खेलमा ३५ अंक सहित १४औं छ ।

शनिबार साँझ नै भएका खेलमा एस्टन भिल्लाले फुलह्यान माथि २-१ को जित दर्ता गर्दा नोटिङ्घम फरेस्टले वेस्ट ह्यामलाई २-० ले हरायो । न्यूक्यासल युनाइटेड र बर्नमाउथले २-२ को बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *