फ्रान्समा साम्बाको टोली पीएसजीसँग ५-० ले पराजित

नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ आवद्ध टोली फ्रान्सको महिला लिग १ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग फराकिलो अन्तरमा पराजित भएको छ।

साम्बा आवद्ध एन अभान्ट ग्वेंगाम्प शनिबार राति भएको खेलमा पीएसजीसँग ५-० ले पराजित भएको हो। उक्त खेलमा साम्बा ६८ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन्। जतिबेला उनको टोली २-० ले पछि परिसकेको थियो। त्यसलगतै पीएसजीले अर्को गोल थप्यो र ३-० को अग्रता लियो।

पीएसजीको जितमा ग्रेस गेयोरोले २ गोल गर्दा, एलिसा डे अल्मेडा र तबिता चाविङ्गाले एक एक गोल गरे। एक गोल पीएसजीले आत्माघाती पायो।

खेलभर नै पीएसजी हाबी भएको थियो। तेस्रो मिनेटमै अग्रता लिएको पीएसजीले ८७ औं मिनेटमा ५ औं गोल गरेको थियो। पीएसजीसँग भिड्ने टोलिमा सुरुमा साम्बा थिइनन्। तर क्लबले लिगसँग अनुरोध गर्दै उनलाई खेलाउन अनुमति पाएको थियो।

अब साम्बा राष्ट्रिय टोलिबाट खेल्न साउदी जानेछिन्। नेपाली टोली भने शुक्रबार नै साउदीका लागि प्रस्थान गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *