नेपाली फरवार्ड साम्बा पीएसजीविरुद्ध मैदानमा

नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ विश्वकै बलियो टोली पेरिस सेन्ट(जर्मेन (पीएसजी) विरुद्ध मैदान उत्रने भएकी छन्।

फ्रान्सको क्लब एन अभान्ट ग्वेंगाम्पमा आवद्ध साम्बा लिगको नियम अनुरूप शनिबार हुने खेलमा उनलाई टोलि बाहिर रहने भनिएतापनि क्लबले अपील गर्दै साम्बालाई खेलाउने भएको हो।

क्लबको अपिलपछि साम्बालाई खेल्न दिन लिग तयार भएको हो।

पीएसजीसँग भिड्ने यसअघि सार्वजनिक टोलिमा साम्बा समेटिएकी थिइनन्। तर क्लबको अपिलपछि उनलाई टोलीमा राखिएको हो। पीएसजीसँगको खेल तालिका साम्बा आवद्ध हुनु पहिले नै थियो।

फ्रेन्च लिग नियम अनुसार स्थगित गरी पछि सारिएको खेलमा सोहि बेलासम्म दर्ता भएका खेलाडीहरु मात्र खेलाउन पाइने नियम रहेको थियो । साम्बा गत जनवरीमा मात्र ग्वेंगाम्पमा पुगेकी थिइन् ।

तर क्लबले लिगसामू अपील गरेकोमा उनलाई खेल्न दिन लिग सकरात्मक भएको हो । पीएसजीसँगको खेलपछि उनी साउदी जानेछिन्।

नेपाली टोली भने शुक्रबार नै साउदीका लागि प्रस्थान गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *