सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी : एपीएफ र पुलिस स्कुल फाइनलमा

काठमाडौं । आयोजक कीर्तिपुरको नेपाल एपीएफ स्कुल (क) र नेपाल पुलिस स्कुल साँगाबीच प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ ।

शनिबार भएको सेमिफाइनलमा एपीएफले मनकामना सेकेन्डरी स्कुल जोरपाटीलाई ४–० र पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालय सल्लाघारीलाई पेनाल्टी सुट आउटमा ३–२ ले पराजित गर्दै एकअर्कासँग भेट पक्का गरेका हुन् ।

एपीएफको जितमा विकास बोहोराले २ तथा तन्जिङ शेर्पा र रोहित गोलेले एक/एक गोल गरेका थिए। विजयी टोलीका विकास बोहोरा खेलको म्यान अफ दी म्याच घोषित भएका थिए। उनलाई सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र गुरागाईँले ट्रफी प्रदान गरे ।

पुलिस र सैनिक महाविद्यालयबीचको दोस्रो सेमिफाइनलमा निर्धारित ६० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा पुलिसले बाजी मार्यो । पुलिसका दिप्सन परियार खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई सैनिक महाविद्यालयका प्रिन्सिपल दलप्रसाद पुनले ट्रफी प्रदान गरे। फाइनल मंगलबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *