कपिलवस्तु बस दुर्घटनाका सबै १० मृतकको परिचय खुल्यो (नाम/ठेगानासहित)

काठमाडौं । कपिलवस्तुको सुरही पुल नजिक भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बुधबार राति साढे १२ बजेतिर बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट झन्डै दुई सय मिटर तल खोलामा खसेको थियो ।

मृतक
रौतहट औरही नगरपालिका ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी
कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी
भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान
कञ्चनपुर भीमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी
कञ्चनपुर भीमदत्त नगरपालिका ४ का २४ वर्षीय उमेश भण्डारी
कञ्चनपुर भीमदत्त नगरपालिका १६ की सञ्जु थापा
कञ्चनपुर भीमदत्त नगरपालिकाका खगेश्वरी खाती
कञ्चनपुर भीमदत्त नगरपालिक २ बस्ने सुदिप भट्ट
कञ्चनपुर पुनर्वास नगरपालिका किसन भट्ट
कञ्चनपुर पुनर्वास नगरपालिका ९ की विमलादेवी भट्ट

दुर्घटनामा परी ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई उपचारका लागि बुधबार राति नै बुटवल रिफर गरिएको थियो । पाँच जनाको स्थानीय आधारभुत अस्पतालमा उपचार भइरहेको छ । ६ जना सामान्य उपचारपछि घर फर्किएको प्रहरीले बताएको छ ।

अन्य १० जना घाइतेको कपिलवस्तुकै सञ्जीवनी अस्पतालमा उपचार भइरहेको र उनीहरूमध्ये पनि अवस्था गम्भीर भएकाहरूलाई अन्यत्र रिफर गर्ने प्रक्रियामा रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *