नेपालको खराब सुरुवात, कप्तान रोहित आउट

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध खराब सुरुवात गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका छन् । यसअघि आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ११ ओभरमा ४ विकेट गुमाएर २८ रन बनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *