च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र रियल मड्रिडको जीत

काठमाडौँ । च्याम्पियन्स लिगको अन्तिम-१६ को पहिलो लेगमा साबिक विजेता म्यानचेस्टर सिटीले एफसी कोपनहेगनमाथि ३-१ को सहज जीत हासिल गरेको छ ।

खेलको १० औँ मिनेटमा सिटीलाई केभिन डी ब्रुयनलाई अग्रता दिलाएका थिए । तर ३४ औँ मिनेटमा म्यागनस म्याटसनले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन लाग्दा बर्नार्डो सिल्भाले पुनः सिटीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई सहज अग्रता दिलाउन सफल भए । अब दोस्रो लेग मार्च ६ मा सिटीको घरेलु मैदानमा हुनेछ ।

अर्काे खेलमा रियल मड्रिडले जर्मन क्लब आरबी लेइपजीगलाई १-० गोलले हराएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै ब्राहिम डियाजले गोल गरेका थिए । जुड बेलिङह्याम घाइते भएपछि स्पेनिस खेलाडी सुरुवाती ११ मा समावेश भएका थिए ।

जीतसँगै रियलले पछिल्ला १४ सिजनमा १२ औँ पटक प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बेनेबाउमा ६ मार्चमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *