दक्ष मानव स्रोत उत्पादनका लागि नयाँ विश्व विद्यालय स्थापना : राज्यमन्त्री कुमारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले दक्ष, सिर्जनशिल, उद्यमशील तथा प्रतिस्पर्धी मानव स्रोत उत्पादन गर्न उत्कृष्ट प्राज्ञिक केन्द्र आवश्यक भएकाले नयाँ विश्व विद्यालय स्थापना गर्न लागेको बताएकी छन् ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा भएको नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलमा बोल्दै राज्य मन्त्री कुमारीले यस्तो बताएकी हुन् ।

उनले विभिन्न विधामा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने भएकाले काठमाडौंको उपत्यका भन्दा बाहिर विश्वविद्यालय र केन्द्रीय कार्यालय रहने गरी विश्वविद्यालयको स्थापना गरी सञ्चालन गर्न आवश्यक देखिएको बताइन् ।

उनले उच्च शिक्षाको अध्ययन, अध्यापन तथा अनुसन्धान गुणस्तरीय र जीवन उपयोगी, नवप्रवद्र्धनकारी तथा समय सापेक्ष बनाउन आवश्यक रहेको उल्लेख गरिन् । उनले अन्तरविधात्मक आधारमा लिर्भरल आर्टसम्बन्धी विधामा गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयबाट अध्ययन अध्यायपन र अनुसन्धान हुँदा मुलुकको समृद्धिको लागि आवश्यक मूल्य र मान्यताका आधारमा उच्च स्तरको जनशक्ति उत्पादन हुने अपेक्षा रहेको बताइन् ।

उनले विधेयकमा विश्व विद्यालयको संगठन पदाधिकारी, विश्व विद्यालय र यसको केन्द्रीय कार्यालय काठमाडौं उपत्यका भन्दा बाहिर रहने व्यवस्था रहेको बताइन् । उनले विश्व विद्यालय कोषमा रहने रकममा नेपाल सरकारको दायित्व नहुने गरी विश्व विद्यालय स्थापना र सञ्चालन गर्ने प्रस्ताव गरिएको पनि बताइन् ।

उनले नेपाल सरकार अर्थ मन्त्रालयको सहमति प्राप्त हुँदा विश्व विद्यालयको पूर्वाधार निर्माण र सञ्चालन खर्च नेपाल सरकारको दायित्व नपर्ने गरी विश्व विद्यालय स्थापनाको लागि सहमति प्राप्त भए बमोजिम विधेयक अगाडि बढाएको पनि बताइन् ।

उनले भनिन् ‘विभिन्न विधामा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने भएकाले त्यसको लागि काठमाडौंको उपत्यका भन्दा बाहिर विश्वविद्यालय र केन्द्रीय कार्यालय रहने गरी विश्वविद्यालयको स्थापना तथा सञ्चालन गर्दा उच्च शिक्षाको अध्ययन,अध्यापन तथा अनुसन्धान गुणस्तरीय जीवन उपयोगी नवप्रर्वदनकारी तथा समय सापेक्ष भई मुलुकको विकासको लागि योगदान पुग्न जान्छ । दक्ष,सिर्जनशिल,उद्यमशील तथा प्रतिस्पर्धी मानव स्रोत उत्पादन गर्न उत्कृष्ट प्राज्ञिक केन्द्र आवश्यक भएकाले सो कार्य पूरा गर्न प्रस्तुत विश्व विद्यालय स्थापना गर्न आवश्यक भएको छ । अन्तरविधात्मक आधारमा लिर्भरल आटसम्बन्धी विधामा गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयबाट अध्ययन अध्यायपन र अनुसन्धान हुँदा मुलुकको समृद्धिको लागि आवश्यक पर्ने मूल्य र मान्यता प्रतिबद्ध उच्च स्तरको जनशक्ति उत्पादन हुने देखिन्छ । यस विधेयकमा विश्व विद्यालयको संगठन पदाधिकारी,विश्व विद्यालय र यसको केन्द्रीय कार्यालय काठमाडौं उपत्यका भन्दा बाहिर रहनेछ । विश्व विद्यालय कोषमा रहने रकममा नेपाल सरकारको दायित्व नहुने गरी विश्व विद्यालय स्थापना र सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । नेपाल सरकार अर्थ मन्त्रालयको सहमति प्राप्त हुँदा विश्व विद्यालयको पूर्वाधार निर्माण र सञ्चालन खर्च नेपाल सरकारको दायित्व नपर्ने गरी विश्व विद्यालय स्थापनाको लागि सहमति प्राप्त भएकाले सोही बमोजिम हुनेगरी विधेयक अगाडि बढाउनु पर्नेछ ।’

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलमा संशोधनकर्ता सांसदहरूले भने भएका विश्वविद्यालयहरूमा राजनीतिक चलखेल अन्त्य गर्नुपर्ने बताएका थिए ।

उनीहरुले नयाँ विश्व विद्यालयको आवश्यकता माथि प्रश्न समेत उठाएका छन् । उनीहरुले अहिलेसम्म विश्व विद्यालय कहाँ खोल्ने,कस्तो संरचना बन्ने, दायित्व कसले लिने भन्ने विषयमा निष्कर्षमा नपुगेको विधेयक अगाडि बढाउनुको औचित्य नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *