खेलाडीहरूका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूका लागि स्वदेशमै राम्रो वातावरण बनाउनसके विदेश पलायन हुनबाट रोक्न सकिने बताएका छन् ।

सोमवार ललितपुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राम्रो खेलाडीहरूका लागि बाहिर अवसरहरू धेरै रहेकाले पलायनको अवस्था आएको भन्दै देशमै राम्रो वातावरण बनाउन आवश्यक रहेको बताए ।

उनले नेपालले नै अन्तर्राष्ट्रिय स्तरका खेलहरू जितेर भविष्यको लागि राम्रो गर्न आवश्यक रहेको बताए । उनले आफू प्रधानमन्त्री भएको बेलामा रंगशालाको पुनः निर्माणदेखि नयाँ रंगशाला निर्माणमा आफूले धेरै काम गरेको बताए ।

उनले भने ‘राम्रो खेलाडीहरूका लागि बाहिर अवसरहरू अलि बढी छन् । तर हामीले आफ्नो स्ट्याण्डर बढाउनुपर्छ । आफ्नो टिमले अन्तर्राष्ट्रिय खेलहरू जित्नुपर्छ । यहीँ राम्रो वातावरण बनाउनुपर्छ । त्यसो हुँदा खेलाडीहरू बाहिर जाँदैनन् । म प्रधानमन्त्री भएको बेलामा दशरथ रंगशाला बनेको थियो । अन्य थिएन । भत्किएको दशरथ रंगशाला बनाइयो । जनकपुर, पोखरामा अर्को रंगशाला बनाइयो । खेलाडीहरूका लागि राम्रो वातावरण बनाइयो । यही खेल पनि हामी सरकारमा भएका बेलामा टक्सारबाट जमिन खेलकुद परिषद्का नाममा सारेर यो फुटबल मैदान बनाएको हो । हामी नै हौँ जहाँ गयो बनाउँछौँ । हामीले बनाएको हो, मान्छेलाई मन नपरेर के गर्ने ।’

अध्यक्ष ओलीले नेकपा एमालेले सरकारमा हुँदा गरेका राम्रा कामहरु पचाउन अझै कठिन भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *