उपाधि दाबेदार मानिएको जिरोनामाथि रियलको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडले दोस्रो स्थानमा रहेको जिरोनामाथि स्पष्ट ५ अंकको अग्रता हासिल गरेको छ । रियलको २४ खेलमा ६१ अंक भएको छ भने जिरोनाको ५६ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *