लिभरपुल फेरि शीर्षस्थानमा, सिटी पनि विजयी (अंक तालिकासहित)

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले पुनः २ अंकको अग्रता बनाएको छ । शनिबार बर्नलीलाई ३-१ पराजित गरेपछि लिभरपुल पुनः शीर्षस्थानमा उक्लिएको हो ।

म्यानचेस्टर सिटीलाई लिभरपुलले २ अंकले पछि पारेको हो । लिभरपुलभन्दा सिटीले एक खेल कम खेलेको छ । लिभरपुलको ५४ अंक र सिटीको ५२ अंक छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले ३१ औं मिनेटमा डिएगो जोडटाले ट्रेन्ट आर्नोल्डको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा ओसियाले गोल गरेपछि पहिलो हाफ १-१ को बराबरी भएको थियो ५२ औं मिनेटमा लुइस डियाजले गोल गरेपछि लिभरपुल २-१ ले अघि बढेको थियो । ७९ औँ मिनेटमा हार्भे इलियटको पासमा नुनेजले गोल थपेपछि लिभरपुल ३-१ को सहज जित निकाल्न सफल भएको थियो । बर्नली भने १८ औं स्थानमा छ ।

त्यसअघि भएको खेलमा सिटीले एभर्टनलाई २-० ले पराजित गरेको थियो । सिटीको जितमा दुबै गोल एर्लिङ हालान्डले दोस्रो हाफमा गरेका हुन् । हालान्डले ७१ औं र ८५ औं मिनेटमा गोल गरेका थिए ।

अर्को खेलमा टोटनह्यामले ब्राइटनलाई २-१ ले हराउँदै चौथो स्थानमा उक्लिएको छ । रेलिगेसन खतरामा रहेको सेफिल्ड युनाइटेडले लुटन टाउनलाई ३-१ र ब्रेन्टफोर्डले वुल्भ्सलाई २-० ले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *