जसलाई धम्क्याउँदै ५ करोड रुपैयाँ मागियो, उसैको प्रवचन सुन्न जान्थे

पोखरा । सच्चाइ केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाशदीप गैरेलाई बरोबर फोन गर्दै ५ करोड रुपैयाँ माग गरी धम्क्याएको अभियोगमा कास्की प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट घर भई हाल पोखरा–८ सिर्जलचौर बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा–१४ आर्थर घर भई हाल पोखराकै सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षत्री हुन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखराबाट पक्राउ गरी बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

उनीहरूले हिन्दी भाषामा कुराकानी गरी फोन तथा म्यासेजमार्फत गैरेलाई धम्याउँदै रकम माग गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनायो । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापाका अनुसार उनीहरूले गैरेसँग ५ करोड माग गरेको र नदिए निज गैरे र तिनका परिवारलाई ज्यान मार्नेसम्मको धम्की दिएको पाइएको छ ।

पोखरा–१६ लामाचौर घर भएका गैरे सच्चाइ सेवा केन्द्र दीपका सञ्चालक हुन् । प्रहरीले दर्जी र क्षत्रीको साथबाट चार थान मोबाइल, भारतीयसहित नेपालको एनसेल र नमस्तेसहित नौ थान सिम, विभिन्न किताब, नोटबुक, विभिन्न व्यक्तिको नाम उल्लेख गरिएको आठ पाना, लागूऔषध, भरुवा बन्दुकमा लाग्ने केपलगायत दसी प्रमाण बरामद गरेको जनाएको छ ।

घटनाक्रमअनुसार लक्ष्मण दर्जीले युट्युबबाट गैरेको प्रवचन सम्बन्धमा भिडियो हेर्ने गर्थे । गैरे’bout बुझ्न उनी गत १३ माघमा सच्चाइ केन्द्रमा पुगेर १÷२ घण्टा बसेर फर्केका थिए । त्यसबेला गैरेको मोबाइल नम्बर लिएको र त्यसको ५ दिनपछि १८ माघमा फोन तथा म्यासेजबाट धम्की दिई रकम माग गरेको प्रारम्भिक बयानमा खुल्न आएको प्रहरीले जनायो । २० माघमा पनि दुवै जना आफूहरूले धम्की दिएको ’bout कस्तो असर प¥यो भनी बुझ्न सच्चाइ केन्द्र पुगेका थिए भने २३ माघमा पुनः त्यहाँ गएर आधा घण्टा बसेका थिए ।

आपूmलाई यस नम्बरबाट रकम माग गरी ज्यान मार्ने धम्की आएको ’bout गैरेले प्रहरीसमक्ष उजुरी दिएकामा प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान थालेको थियो । र, बुधबार दुवै जना पोखरा सिमलचौरस्थित जाल्पारोड डेराबाट पक्राउ परेका हुन् । उनीहरूले फोन र म्यासेजमार्फत ५ करोड रुपैयाँ माग गरेको प्रमाण भेटिएको डीएसपी श्रवणकुमार बिकले बताए ।

प्रहरी उपरीक्षक थापाका अनुसार पक्राउ परेकामध्ये क्षत्री यसअघि पनि आपराधिक क्रियाकलाप अभियोगमा पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतबाट गत वर्ष हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा समेत पक्राउ परेका उनीविरुद्ध २०७१ सालमा वडा प्रहरी कार्यालय बगरबाट अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो ।

प्रहरीका अनुसार दुवै जनालाई विभिन्न तीनवटा मुद्दा चलाउने तयारी छ । लागूऔषध गाँजासम्बन्धी मुद्दा, हातहतियार तथा खरखजानासम्बन्धी र आपराधिक लाभ एक्सटर्सनसम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

दुवै जना एउटै ठाउँका भएकाले पहिले नै चिनजान थियो । तीमध्ये दर्जी गत महिना मात्र वैदेशिक रोजगारबाट फर्किएका थिए । ४ वर्षसम्म कतार बसेर फर्केका उनी आउने बित्तिकै क्षत्रीसँग मिलेर पोखराको सिमलचौरस्थित जाल्पारोडमा डेरा लिई योजनाबद्ध रूपमा सो आपराधिक क्रियाकलापमा लागेको प्रहरी अनुसन्धानमा खुलेको छ । –राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *