एसिसी महिला प्रिमियर कप खेल्ने टोलीको बिदाइ

काठमाडौँ । एसिसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाइ गरिएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको हो । उनीहरूलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले बिदाइ गरेका हुन् ।

मलेसियामा हुने खेलमा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब ईमिरेट्स (युएई), थाइल्यान्ड, इण्डोनेसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, कुवेत ओमन सिंगापुर, जापान, कतार र मालदिभ्सले सहभागिता जनाउने छन् ।

प्रतियोगिता आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदैछ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको फाइनल पुग्ने टोली सन् २०२४ को एसिसी महिला एसिया कपका लागि छनोट हुनेछन् । नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिना कर्माचार्य, यशोदा विष्ट, खुसी डंगोल, सबनम राई, रोमा थापा, संगीता राई, सम्झना खड्का, पूजा महतो, कविता कुँवर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *