प्रथम ( NAPFS) अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता

नेपालय पब्लिक इंग्लिश स्कुलको सानदार जित, ग्रिन भिलेज र जेम्स स्कुलले खेले बराबरी 

काठमाडौं । प्रथम ( NAPFS) अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगितामा नेपालय पब्लिक इंग्लिश स्कुल जोरपाटीले सानदार जित हात पारेको छ ।  बुधबारको खेलमा नेपालयले हारती शिक्षा मन्दिर सितापाईलालाई ५-० गोल अन्तरले पराजित गरेको हाे ।

नेपालय पब्लिक इंग्लिश स्कुल, जोरपाटीको तर्फबाट सन्देश गौडेल, रणविर तामाङ्गले २/२ गोल गरेका थिए भने १ गोल आत्मघाती समेत भएको थियो । त्यसअघि भएको खेलमा  ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुर र जेम्स स्कुल, धापाखेल बीच भएको लिग चरणको खेलमा १-१ गोलका बराबरी खेलेका थिए । ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरका खेलाडी प्रत्युष हमाल र जेम्स स्कुल, धापाखेलका खेलाडी जोयल लामाले १/१ गोल गरेका थिए ।

खेलमा जेम्स स्कुल धापाखेलका उत्कृष्ट खेलाडी आशिष पाण्डेलाई म्यान अप द म्याच घोषित गरी यस विद्यालयका प्रधानाचार्य युवराज पराजुलीले ट्रफी प्रदान थरेका थिए भने दोस्रो खेलमा नेपालय पब्लिक इंग्लिश स्कुल, जोरपाटीका खेलाडी चेङ्गा लामा म्यान अप द म्याच घोषित भई यस विद्यालयका समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाईले ट्रफी प्रदान गरे ।

भोलि हुने खेलहरु
१. ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर, विरुद्ध लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुर   ।
२. नेपाल पुलीस स्कुल, सागाँ विरुद्ध काव्या स्कुल, बुद्धनगर काठमाण्डौ ।

विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले हाल काठमाडौँ उपत्यका र भविष्यमा काठमाडौँ उपत्यका बाहिरका एपीएफ स्कुलहरु, अन्य विद्यालयहरु तथा फुटबल क्लबहरुलाई समेत समेटी राष्ट्रिय स्तरको प्रतियोगिता बनाउने उद्देश्य अनुरुप नेपाल एपीएफ स्कुल कीर्तिपुरले २०८० माघ २२ गतेबाट प्रथम (NAPFS) अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता सुरू गरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *