भृकुटीमण्डपमा ‘नेपाल विल्डकन प्रदर्शनी’ (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ भृकुटीमण्डपमा नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी भइरहेको छ ।

माघ १८ गतेदेखि सुरु भएको यो प्रदर्शनी माघ २१ गतेसम्म चल्ने छ ।

प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहेका छन् ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा प्रदर्शनी सञ्चालन गरेको हो ।

निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी महत्वपूर्ण भएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, विल्डर्स, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यक्ति तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहेको छ ।

हेर्नुहोस् तस्बिरहरू :

     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *