बालेनले मागे निर्णयविना कक्षा थप्ने शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
२०८० माघ १४ गते

काठमाडौँ । विद्यालयमा नगर शिक्षा समितिको निर्णयविना कक्षा थप गरेका शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग काठमाडौँ महानगरपालिकाले स्पष्टीकरण माग गरेको छ ।
कोइरालाले पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विसं २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै असार २० मा विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए ।
तर शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ ।
कोइरालाले अनुमति दिएपछि रत्नराज्य माविमा विज्ञान सङ्कायमा विद्यार्थी भर्ना भएर पढाइ समेत भइरहेको छ ।
यसका साथै प्रमुख कोइरालालाई मेयर बालेन शाहको सचिवालयले ७ दिन भित्र सफाइ पेस गर्न र उक्त समयसम्म बिदामा बस्न निर्देशन दिएको छ ।
२०८० माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित








