एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक आजदेखि
२०८० माघ १४ गते

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) को राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ । विधान हेरफेर लगायतका एजेण्डसहित प्रज्ञा भवनमा बिहान ११ः३० बजेबाट सम्मेलन सुरु हुनेछ ।
सम्मेलनमा पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका लागि आएका सुझावहरूमाथि छलफल हुनेछ ।
पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्य योजनामा केन्द्रित रहने बैठकमा पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्य योजना सम्मेलनमा बनाइने प्रवक्ता जगन्नाथ खतिवडाले बताए । पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
२०८० माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित








