सरकारले २० करोड देओस् ९१ दिनमा राजविराजमा एमबिबिएस कक्षा सुरु गर्छु : सांसद सुनिल शर्मा 

राजविराज । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य सुनिलकुमार शर्माले आफूले जिम्मेवारी पाए ९१ दिनमा राजविराजमा एमबिबिएस कक्षा सुरु गर्नसक्ने दाबी गरेका छन् । रामराजा स्वास्थ्य प्रतिष्ठान बनाउन सरकारले नै नचाहेको आरोप लगाउँदै उनले यस्तो दाबी गरेका हुन् ।

नेपाली कांग्रेस सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको अन्तरक्रियामा उनले सरकारसँग रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनको प्रक्रिया अगाडि बढाउने आग्रह गरे । ‘सप्तरीमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न चाहेको छ भने मलाई २० करोड रुपियाँ दिओस, ९० दिनभित्र चिकित्सको पढाइ (एमबिबिएस) सञ्चालन गरेर देखाउँछु,’ मेडिकल व्यवसायीसमेत रहेका सांसद शमाले अगाडि भने, ‘तर नेताहरूले बनाउन चाहेको छैन, र पनि म संसदमा यो कुरा उठाउँछु ।’

उनले  मधेसमा जनसंख्याको आधारमा उर्वर ठाउँ रहेपनि तराईमुलका कांग्रेसीलाई कांग्रेसले नै उपेक्षा गरेको आरोप लगाए । ‘वषौंदेखि कांग्रेस सरकारमा रहँदा कांग्रेसी नेता जो राज्यसत्तासँग टाँसिएको हुन्छ त्यससँग जनताको बुझाई के छ, आशा भरोसा के छ, खाडल के कस्तो छ, त्यस सम्बन्धमा बुझ्न जिल्ला दौडमामा रहेको उनले बताए । सप्तरीको सबभन्दा ठूलो समस्या भनेको कांग्रेसी नेता कार्यकर्तामा चेतनास्तर कमी देखिएका कारण उपगुट बढीरहेको तर्क छ ।

नेपाली कांग्रेसका गृहमन्त्री गगन थापा स्वास्थ्यमन्त्री रहँदा आम नागरिकको स्वास्थ्य बिमा गर्ने व्यवस्था गरेकोको थियो । तर वर्तमान सरकारले बिमा कार्यक्रमलाई कटौती गरेको आरोप लगाए । ‘पाँच वटा मेडिकल कलेजलाई सम्बन्धनको लागि प्रतीक्षामा रहेको छ, जसले लाखौँ नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका छन्,’ उनले भने । यस्तो कार्य गर्न वर्तमान सरकारले नहुन पर्ने हो ।’

नेपाली कांग्रेस भोजपुर जिल्लाका सभापति एवं कोशी प्रदेशका सभासद् विनोद बान्तवाले सबै कांग्रेसीको भावना एउटै रहेको बताए । ‘म भोजपुरको राईको अनुहार र मधेश झर्दा मधेशीको अनुहार फरक देखिएपनि हामी कांग्रेसीको भावना भने एउटै हो,’ उनले भने ।

नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा मोरङ जिल्लाका सचिव मोदनाथ घिमिरे, सप्तरी पार्टीका सचिव प्रभु नारायण चौधरी, क्षेत्र नं. १ को (ख) प्रदेश सभापति उमेश मिश्र, पूर्व क्षेत्रीय सभापति हेम नारायण चौधरी, जितेन्द्र नारायण यादव, मधेश प्रदेश सभासद् मोहनी साफी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, सप्तकोसी नगरपालिकाका मेयर कृष्ण ढकाल, अग्नीसाईरकृष्णासवण गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरी, पार्टी प्रवक्ता नन्दकिशोर यादव लगायतका कार्यकर्ताले पार्टी भित्र रहेका समस्याहरू बारे डा. शर्मालाई जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रमको स्वागत उपसभापति राम कुमार यादवले गरेका थिए भने कार्यक्रम सञ्चालन पार्टीका सचिव सन्त मण्डलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *