त्रिभुवन विमानस्थलको सुरक्षा सशस्त्र प्रहरीलाई दिन कर्मचारी संगठनहरुको माग

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी संगठनहरुले अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी बलमार्फत सुरक्षा हेर्ने व्यवस्था मिलाउन माग गरेका छन्।

शुक्रबार अध्यागमनका कर्मचारीलाई नेपाल प्रहरीका कर्मचारीबाट दुर्व्यवहार भएकोमा आपत्ति जनाउँदै अध्यागमन कर्मचारीहरुको विभिन्न संघ संगठनले अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय सीमा क्षेत्र अन्तर्गत पर्ने भन्दै सीमा सुरक्षा हेर्ने निकायमार्फत नै सुरक्षा व्यवस्था हेर्ने व्यवस्था गर्नुपर्ने माग गरेका हुन्।

‘अन्तर्राष्ट्रिय सीमा क्षेत्र अन्तर्गत पर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश गर्ने स्थान, यात्रुहरुको चेकजाँच गर्ने स्थान तथा बाहिर निस्कने स्थानहरुमा चेकजाँच गर्ने कार्य नेपाल प्रहरीबाट हुने गरेकामा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सीमा सुरक्षा हेर्ने निकायमार्फत गर्ने व्यवस्थाको तत्काल कार्यान्वयन गरियोस्’ , तीन कर्मचारी संगठनले निकालेको विज्ञप्तिमा भनिएको छ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियनले शुक्रबार विज्ञप्ति जारी गरी गृहमन्त्री र सचिवले घटनास्थल र समग्र अध्यागमनको स्थलगत अवलोकन गर्न पनि माग गरेका छन्।

उनीहरुले स्थलगत अवलोकन गरी प्रहरीलाई कुन कुन ठाउँमा राख्ने वा कुन ठाउँबाट झिक्ने हो २४ घण्टाभित्र कार्यान्वयनको व्यवस्था गर्न पनि माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =