नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पोमा अवलोकन कर्ताको भीड (तस्बिरहरू)

काठमाडौँ । छैटौँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पोमा अवलोकन कर्ताहरूले उल्लेख्य उपस्थिति जनाएका छन् ।

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेलामा कृषि सम्बन्धीका नयाँ प्रविधिहरू र कृषिजन्य सामग्रीको प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा कृषि अध्ययनरत विद्यार्थी, किसान, व्यवसायीहरूको उपस्थिति पनि बाक्लो रहेको छ ।

कृषिजन्य नयाँ प्रविधिहरू एकै ठाउँमा हेर्न र बुझ्न सकिने भएकाले मेलामा अवलोकनकर्ताहरूको भीड देख्न सकिन्छ । मेलामा स्टल राखेको च्याउ उत्पादक किसान संघ, नेपालका सहअध्यक्ष सीताराम तिमल्सिनाले उपभोक्ताहरूलाई कस्ता च्याउहरू हुन्छन् भन्ने जानकारी दिनका लागि स्टल राखेको बताए ।

उनले मेला एउटा प्रविधि प्रसारणको माध्यम भएकाले कुन कुन च्याउ छन्, कसरी खेती गर्ने, कसरी खाने भन्नेकुराको जानकारी दिने गरेको बताए । उनले च्याउबाट केके आइटम बन्छ ? भन्ने बारेमा पनि आफूहरूले जानकारी दिइरहेको उल्लेख गरे ।

मेलामा आउने अवलोकनकर्ताहरूले च्याउका प्रकार र विशेषताबारे बुझेर गएको र खुसी भएको बताए । उनले मेलामा कसरी खेती गर्ने भन्नेबारेमा पनि जानकारी दिइएको र धेरै अवलोकन कर्ताहरूले तालिमको माग गरेको बताए । उनले मेलामा बिक्री वितरण आफ्नो ठाउँमा भएपनि प्रविधि प्रसारणको माध्यम राम्रो बनेको बताए ।

त्यस्तै मेलामा स्टल राखेका का श्री दाउन्ने फिड्स प्रा.लि.का सञ्चालक केशवविक्रम खड्काले मेलामा किसानहरूसँग भेट्न पाउने भएकाले मेलामा आएको बताए । उनले मेलाबाट आफूहरूले आफूहरूको उत्पादनबारे जानकारी गराइरहेको बताए । उनले आफूले सोचेको भन्दा पनि बढी अवलोकन कर्ताहरू आएको बताए ।

मेलामा पालिका एग्रोकल्चर प्रा.लि.को स्टल राखेका सञ्चालक गोपाल थापाले उपभोक्ताहरूसँग प्रत्यक्ष भेट्ने अवसरका रुपमा मेलालाई लिएको बताए । उनले आफूहरूले मेलामा कृषि पशुसँग सम्बन्धित सामग्रीहरू राखेको बताए । उनले साइलेज मिसिनदेखि मिनि साइलेज मिसिनहरू आफूहरूले मेलामा राखेको बताए ।

यता अवलोकन कर्ताहरू भने मेलामा कृषिजन्य धेरै कुराहरू सिक्न पाएको बताउँछन् । उनीहरुले मेलामा धेरैजसो विदेशी स्टलहरू रहेपनि प्रविधिजन्य कुराहरू धेरै बुझ्न पाएको र देखेको बताए ।

उनीहरुले मेलाले किसान र कृषिमा लाग्नेहरूका लागि धेरै कुरा सिकाउने बताए । मेलामा आएका अवलोकन कर्ता बमप्रसाद राईले कृषि क्षेत्रमा कस्ता कस्ता प्रविधि भित्रिएका छन् भन्नेबारेमा आफूहरूले सबै जानकारी पाएको बताए ।

उनले नयाँ पुस्ताले कृषिलाई आधुनिकीकरण गर्ने बारेमा राखेको सोचलाई मेलाले धेरै सहयोग पुर्याउने बताए । यस्तै अर्का विद्यार्थी अवलोकन कर्ता आर्यन रामदामले प्रविधि कतिसम्मको विकसित हुँदैछ ? भन्नेकुरा मेलामा आफूले जानकारी पाएको बताए ।

उनले नेपालका मेसिनरी स्टलहरू कम हुँदा दुःख लागेको बताए । मेलामा कृषिको ज्ञान नभएका युवाहरूलाई पनि मोटिभेसन मिल्ने बताए । उनले कृषिमा कुनै ज्ञान नभएकाहरुलाई लगानी गरे बजारको समस्या नहुनेसम्मको जानकारी र आश्वासन दिने काम भइरहेको देख्दा खुसी लागेको बताए ।

उनले किसानहरू आत्महत्या गर्दै गइरहेको अवस्थामा अध्ययन गरेर लगानी गर्ने हो भने आगामी दिनमा कृषि क्षेत्रमा राम्रो भविष्य देखेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *