टर्की राष्ट्रपतिद्वारा स्विडेनको नाटो सदस्यता अनुमोदन
२०८० माघ १३ गते

एजेन्सी । देशको आधिकारिक राजपत्रमा प्रकाशित प्रोटोकलअनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नाटोमा स्विडेनको सदस्यतालाई अनुमोदन गरेका छन् ।
टर्की संसदले पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने स्विडेनको प्रस्तावलाई अनुमोदन गर्ने विधेयक पारित गरेको दुई दिनपछि एर्दोगानले यो कानुन प्रकाशित गरेका हुन् ।
टर्कीको संसदले ग्राण्ड नेशनल एसेम्बलीमा भएको बहसपछि उक्त विधेयकमा मतदान गरेको हो । मतदानमा कुल ३ सय ४६ सांसदले भाग लिएका थिए जसमा पक्षमा २८७, विपक्षमा ५५ र अनुपस्थित चार मत परेका थिए ।
रुसले २०२२ मा युक्रेनमा आफ्नो सैन्य अभियान सुरु गरेपछि स्विडेन र फिनल्याण्डले नाटोमा सामेल हुन आवेदन दिएका थिए ।
२०८० माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित








