यमनका हुथी विद्रोहीद्वारा बेलायती तेल ट्याङ्करमा आक्रमण
२०८० माघ १३ गते

एजेन्सी । यमनको हुथी सशस्त्र समूहले अडेनको खाडीमा रहेको बेलायती तेल ट्याङ्करमा नयाँ मिसाइल आक्रमण गरेको बताएका छन् ।
उनीहरुले ट्यांकरमा आक्रमणपछि आगो लागेको बताएका हुन् । गाजामा प्यालेस्टिनी जनताको समर्थनमा आफूहरूले आक्रमण गर्नुपरेको उनीहरूको भनाइ छ ।
युएस–बेलायत सामुद्रिक गठबन्धनले आक्रमणको जवाफ दिँदै जहाज नजिकै दुईवटा मिसाइल विस्फोट भएको बताएको छ ।
यसै बीचमा, यूएस सेन्ट्रल कमाण्डले शुक्रवार हुथी समूहले एडेनको खाडीमा अमेरिकी विनाशक यूएसएस कार्नीतर्फ एउटा एन्टी–शिप ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएको थियो ।
२०८० माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित








