भृकुटीमण्डपमा ‘छैटौँ अन्तर्राष्ट्रिय एग्रिटेक’ प्रदर्शनी सुरु

काठमाडौँ । कृषि सम्बन्धी वृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौँ नेपाल एग्रिटेक’ सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘छैटौँ नेपाल एग्रिटेक’ प्रदर्शनी सुरु भएको हो ।

छैटौँ नेपाल एग्रिटेक प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका सय भन्दा बढी स्टलहरू रहेका छन् । विशेष गरी कृषिसम्बन्धी भारत र चीनका कम्पनीहरूको स्टल मेला रहेको छ ।

यसअघि चितवनमा हुँदै आएको प्रदर्शनी यस पटक काठमाडौंमा गरिएको हो । देशभरका किसानहरूलाई कृषिबारे जानकारी गराउने उद्देश्यसहित मेला काठमाडौंमा गरिएको मिडिया स्पेस सोलुसन्स प्रा.लि का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।

मेलाबाट किसानहरूले नयाँ प्रविधिको बारेमा जानकारी पाउनेछन् । प्रदर्शनीमा कृषिका विभिन्न विधाहरू कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

प्रदर्शनीको निःशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले बताएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =