टर्की सुरक्षा बलद्वारा आईएसका २८ जना संदिग्ध पक्राउ

एजेन्सी । टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) सँग संवद्ध २८ संदिग्धलाई पक्राउ गरेको छ ।
संदिग्धहरूलाई देशका नौ प्रान्तहरूमा अपरेसनका क्रममा पक्राउ गरिएको हो ।
आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारेमा जानकारी गराएका छन् । उनीहरूको साथमा प्रहरी टोलीले एकैसाथ छापा मार्दा ठूलो परिमाणमा विदेशी मुद्रा र टर्की लिरा बरामद गरेको बताए ।
उक्त अपरेसन साकारिया, डेनिजली, अंकारा, अडाना, डुज्से, बुर्सा, गाजियन्टेप, इस्तानबुल र यालोभा प्रान्तमा सञ्चालन गरिएको बताए ।
टर्की सरकारले २०१३ मा आइएसलाई आतङ्कवादी संगठनको रूपमा तोकेको थियो । गत वर्षको डिसेम्बरमा, टर्कीका खुफिया र सुरक्षा बलहरूले टर्कीको दक्षिणपूर्वी प्रान्त मर्सिनमा एक अपरेसनमा समूहको आर्थिक जिम्मेवारीमा एक शीर्ष आईएस आतङ्ककारीलाई पक्रेका थिए ।
सिरियासँगको टर्कीको दक्षिणी सीमा २०११ मा सिरियामा युद्ध सुरु भएदेखि सिरियाली र विदेशी लडाकुहरूको लागि महत्वपूर्ण क्रसिङ पोइन्ट भएको छ ।








