कोशीमा एमालेकी रूक्मिणी कोइराला निर्वाचित
२०८० माघ ११ गते

काठमाडौं । कोशी प्रदेशमा नेकपा (एमाले) की रूक्मिणी कोइराला विजयी भएकी छन् ।
उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन् । उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन् ।
कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन् ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका मतदाताले ’फ्लोर क्रस’ गरेसँगै एमालेकी कोइराला विजयी भएकी हुन् ।
कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४ हजार २४८, काँग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।
कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ ।
सत्ता गठबन्धनसँग ५४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४ हजार ६४२ छ ।
२०८० माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित








