चीनको सिन्यु शहरमा आगलागी, ३९ जनाको मृत्यु

एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु शहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बुधवार दिउँसो करिव ३ बजे भवनबाट आगलागी भएको थियो ।

आगो राति ९ बजे मात्रै निभाइसकिएको थिइँै । घाइतेमध्ये ८ जनाको अवस्था स्थिर रहेको बताइएको छ । छ तले व्यावसायिक र आवासीय इँटा–कंक्रिट संरचनाको तहखानेबाट आगलागी शुरु भएको हो ।

बेसमेन्ट भित्र रहेको शीतभण्डारको मर्मतका लागि कामदारले गैरकानूनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो घटनाको अनुसन्धानका क्रममा सार्वजनिक सुरक्षा अधिकारीहरूले १२ व्यक्तिलाई हिरासतमा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =