बस र कार ठोक्किँदा १३ जनाको मृत्यु
२०८० माघ ११ गते

एजेन्सी । मध्य सेनेगलमा बस र कार ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य स्रोतले जनाएको छ ।
सेनेगल समाचार एजेन्सी (एपीएस) को अनुसार मध्य सेनेगलको डिओरबेल क्षेत्रको नेबे गाउँ नजिकै दुई सवारी साधन एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।
२०८० माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित








