नेविसंघले माघ १३ देखि तीन दिने ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स–२’ आयोजना गर्ने

काठमाडौं । नेपाल विद्यार्थी संघले माघ १३, १४ र १५ गते ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स–२’ अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार (च्यादय—ध्वच) प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेबिसंघले यसबारेमा जानकारी गराएको हो । प्रतियोगिता काठमाडौंस्थित दशरथ रङ्गशालामा हुने बताइएको छ ।
नेपालको संविधानलाई अनुशरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सृजना, आविष्कारसँग जोड्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागिएको बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका सभापति दुजाङ शेर्पाले प्रतियोगितामा मुख्यतः नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १८ वटा समूहले प्रतिष्पर्धा गर्ने बताए ।
तीन दिने कार्यक्रमका लागि आएका अतिथिहरुलाई संघले खानासहित आवासको सुविधा समेत उपलब्ध गराउने बताए । यस प्रतियोगितामा प्रथम हुने समूहलाई ३.५ लाख, दोस्रो हुनेले १ं.५ लाख, अन्य श्रेणीमा विजयी हुनेले १ लाख प्राप्त गर्नेछन् ।
सभापति शेर्पाले समग्र प्रतियोगिताको नगद पुरस्कार रकम ६ लाख तय गरिएको बताए । प्रतियोगिताको कुल अनुमानित लागत ३० लाख गरिएको बताए ।
सभापति शेर्पाले प्रतियोगिताले युवा पुस्तामा क्रिएटिभ हुन सहयोग पुग्ने बताए ।








