५ तलाबाट हाम फालेर व्यवसायी अग्रवालले गरे आत्महत्या
२०८० माघ १० गते

काठमाडौं । धनगढीका एक व्यवसायीले घरको ५ तलाबाट हाम फालेका छन् ।
धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन् ।
घटना बुधवार विहान करिब ११ बजेतिर घरायसी विवादका कारण घरको छतबाट हाम फालेको प्रहरीले बताएको छ ।
हाम फालेका अग्रवालको उपचारका लागि नवजीवन अस्पताल लगिएकोमा मृत्यु भइसकेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
२०८० माघ १० गते
प्रतिक्रिया
सम्बन्धित








