श्रीमतीको हत्या गरि जङ्गलमा लुकेका श्रीमान पक्राउ

सल्यान । आफ्नै श्रीमती २८ वर्षीया सीमा कँवर भन्ने पार्वती कँवरको हत्या गरेको अभियोगमा छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा मोहनले आपसी झैँ–झगडामा सीमाको हत्या गरेको खुल्न आएपछि उनलाई छत्रेश्वरी गाउँपालिका–५ ढाकुडाँडास्थित जङ्गलमा लुकिछपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत सल्यानबाट ८ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =