लगातार तेस्रो हारसँगै भारत एसियन कपको समूह चरणबाटै बाहिरियो
२०८० माघ ९ गते

कतारमा चलिरहेको एसियन कप फुटबलमा दक्षिण एसियाको एकमात्र टोली भारत समूह चरणबाटै बाहिरिएको छ। मंगलबार भएको समूहको तेस्रो खेलमा सिरियासँग १–० गोलले पराजित भएसँगै भारत समूह चरणबाटै बाहिरिएको हो।
भारतविरूद्ध जित निकाल्ने क्रममा सिरियाका ओमार ख्रिबिनले खेलको ७६ मिनेटमा गोल गरेका थिए। यसअघि भारत पहिलो खेलमा अस्ट्रेलियासँग २-० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-० ले पराजित भएको थियो।
समूह ‘बी’ को पुछारमा रहेको भारत अंकबिहीन भयो। ६ गोल खाँदा एक गोल पनि गर्न सकेन। यो समूहबाट अस्ट्रेलिया ७ अंक जोडेर विजेता र उज्वेकिस्तान ५ अंक जोडेर उपविजेताका रुपमा अन्तिम १६ मा पुगे।
२०८० माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








