‘होटलको लापरबाही, कहिले गर्ने कारबाही ?’(तस्बिरहरु)

काठमाडौं । होटल स्वायरको स्विमिङ पुलमा करेन्ट लागेर गम्भीर घाइते भएका सजिलमान शाक्यको न्यायका लागि जावलाखेलमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीले ‘दोषीलाई सजाय हुनै पर्छ, सजिलले न्याय पाउनै पर्छ’, ‘होटेलको लापरबाही, कहिले गर्ने कारबाही?’,‘फरार रोमी अर्याललाई पक्राउ गर’ लगायतका प्लेकार्ड बोकेका थिए ।

होटेलको छतमा रहेको स्विमिङ पुलमा एक्कासि करेन्ट फैलिँदा शाक्य गम्भीर घाइते भएका थिए ।

उनको न्यायका लागि लगातार विरोध प्रदर्शन र जनदबाब सिर्जना भइरहेको छ । यता, प्रहरीले स्क्वायर होटेलका सञ्चालकलाई समेत पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले होटेल सञ्चालक ललिता भण्डारीलाई शनिवार नियन्त्रणमा लिएको थियो ।

सजिलमान घाइते भएपछि परिवारले उक्त होटेलका सञ्चालकहरू रोमी अर्याल र ललिता भण्डारीविरुद्ध जाहेरी दिएका थिए । ललिता रोमीको सासु हुन् । रोमी भने पक्राउ परेकी छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *