अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा हुनु नयाँ युगको प्रवेश : मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुनुलाई नयाँ युगको प्रवेशका रुपमा लिनुपर्ने बताएका छन् ।
साम वार जनकपुरधामस्थित जानकी मन्दिरमा एक लाख बढी दियो बाल्न कार्यक्रममा सहभागिता जनाउँदै यस्तो बताएका हुन् । उनले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठालाई विश्वका हिन्दु धर्मालम्बीहरुको लागि ठूलो पर्व भएको बताए ।
उनले राम मन्दिरको प्राण प्रतिष्ठाले विश्वभरका भगवान् श्रीरामको र सितारामको महिमाको जानकारी पाउने मौका पाएको बताए । उनले भारत र नेपालबीच रोटीबेटीको सम्बन्ध नेपाली छोरी सीता र रामबीच भएको विवाहबाट सुरुवात भएको भन्दै दुई देशको सम्बन्धलाई कसैले व्याख्या गर्न नसक्ने बताए ।
उनले भने ‘भारत उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरेको दिनलाई नयाँ युगको प्रवेशको रुपमा लिएका छौ । हामी हिन्दु धर्मालम्वीहरुको लागि ठूलो पर्व हो । यसले विश्वभर नै भगवान् श्रीरामको र सितारामको महिमाको जानकारी पाउने मौका पाएका छन् । भारत र नेपालबीचको रोटीबेटीको सम्बन्ध भन्छौं । नेपाली छोरी सीता र रामबीच भएको विवाहबाट सम्बन्ध कायम भएको थियो । दुई देशको यो सम्बन्धलाई सकैले व्याख्या गर्न सक्दैन । भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाले नेपालमा मात्रै नभएर विश्वमा रामप्रति आस्था राख्नेहरूको लागि ठूलो उत्सवको रुपमा लिएका छन् । गाउँ–गाउँ आन्दोलित र आनन्दित पनि भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने पहल गरेर विश्वका हिन्दुहरूलाई एउटै मालामा ल्याउन सफल हुनु भएको छ । विश्व भाइचाराको लागि पनि आजको दिनले नयाँ विगुल ल्याउने अपेक्षा छ ।’
उनले भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाले नेपालमा मात्रै नभएर विश्वमा रामप्रति आस्था राख्नेहरूले ठूलो उत्सवका रुपमा लिएको बताए । उनले गाउँघरहरू सबै आनन्दित भएको पनि बताए । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने पहल गरेर विश्वका हिन्दुहरूलाई एउटै मालामा ल्याउन सफल भएको दाबी गरे ।








