अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदै

काठमाडौं । भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको खुशीयालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदैछ ।

दीप प्रज्वलन कार्यक्रमका लागि जनकपुरमा भव्य तयारी गरिएको छ । जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ । साथै मन्दिर परिसरमा दीप प्रज्वलनका लागि दियो ठिक पारिएको छ ।

मन्दिर परिसरमा फूलले जय श्रीराम लेखिएको आकर्षक दृश्य देख्न सकिन्छ । परिसरमा फूलबाट नै धनुष र रामको चित्र बनाइएको छ । अयोध्यामा १८ अर्ब भन्दा बढीमा राम मन्दिर बनेको हो ।

कार्यक्रममा सहभागी हुन नेपालबाट पनि वैदिक सत्य सनातन हिन्दुधर्मावलम्वीहरुको सहभागिता रहेको छ ।

प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधाम लगायतका विभिन्न स्थानमा दीपावली मनाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =