राष्ट्रपतिको दौडबाट पछि हटे फ्लोरिडाका गभर्नर, ट्रम्पलाई समर्थन

एजेन्सी । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आइतबार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि २०२४ राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका हुन् ।

आफूसँग विजयको स्पष्ट बाटो नरहेको उनले बताए । डेसेन्टिसले ट्रम्पलाई समर्थन गर्दै बहुसंख्य रिपब्लिकन प्राथमिक मतदाता डोनाल्ड ट्रम्पलाई अर्को मौका दिन चाहेकाले आफू पछि हटेको बताए । ट्रम्प ५१ प्रतिशतका साथ अग्रस्थानमा छन् भने डिसेन्टिस २१ प्रतिशतका साथ दोस्रो स्थानमा छन् ।

उनले रिपब्लिकन प्राइमरी मतदाताहरूको बहुमत डोनाल्ड ट्रम्पलाई रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =