जर्मन बुन्डेसलिगा

साविक विजेता बायर्न घरेलु मैदानमै स्तब्ध

काठमाडौँ । जर्मन बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिख वेरडेरसँग स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा वेरडेरले बायर्न म्युनिखलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

वेरडेरको गोलमा खेलको ५९औं मिनेटमा मिचेल वाइजरले गरेको गोल नै खेलको निर्णयक गोल बनेको थियो । यो हारले बायर्न म्युनिख लिगमा शीर्ष स्थानमा रहेको लिभर कुसेनभन्दा ७ अंकले पछाडी परेको छ ।

एक खेल बढी खेलेको लिभरकुसेन १८ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा छ भने बायर्न १७ खेलमा ४१ अंकसहित दोस्रो स्थानमा रहेको छ । वेरडेरको भने १८ खेलमा २० अंक रहेको छ र लिगमा १३औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =